सोमबार, जेठ २५, २०८३

जापानमा नेपाली चलचित्र दुई रुपियाँ प्रदर्शन तयारी तिव्र

टोकियो,१० असोज । आक्रामक शैलीमा नेपालभर रिलिज भएको चलचित्र दुई रुपियाँ’ जापानमा प्रदर्शन हुने भएको छ ।

दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र आगामी अक्टुबर १ तारिख टोकियोमा प्रदर्शन हुने सीसीआई ग्लोबल कम्पनीले बताएको छ । चलचित्र दशैंको भोलिपल्ट टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुनेछ ।

युट्यूवमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु सुपारी दाना’गीतले चर्चामा रहेको यो चलचित्र जापानवासी नेपालीहरुले बहुप्रतिक्षित चलचित्रको रुपमा लिइरहेका छन् ।

‘दुई रुपियाँ’का लागि हुने ग्याङ फाइटको कथालाई निर्देशक असिम शाहले कमेडी शैलीमा यो चलचित्रमा उतारेका छन् ।

चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहरी लगायतका कलाकारको मूख्य भूमिका छ ।

चलचित्रको टोकियोसहित तोचिगी, नागोया, फुकुओकालगायत जपानका अन्य मूख्य शहरमा पनि प्रदर्शन गरिने नविन थापामगरले जानकारी दिए ।