शनिबार, बैशाख ०८, २०८१

आजभोली

विपी रामेछाप हाल जापान ,

जसोतसो ढुकढुकी चलेको छ आजभोली  ।।
हररात सपनीमा छलेके छ आजभोली   ।।
पिडा दबाउदै बाहिर फिस्स हॉसेपनि  ।।
भबिष्यको कोरा चिन्तामा जलेको छ आजभोली  ।।
नत रातमा निन्द्रा छ न लाग्छ भोक नै  ।।
बॉच्नै भएनि चुल्हो बलेको छ आजभोली  ।।
सपनाको सगरमाथा छुने अथक थियो प्रयास  ।।
आधार शिविर नपुग्दै ढलेको छ आजभोली ।।
शिखर टेकी चन्द्र छुने कत्रो चाह मेरो  ।।
सार्नै नपाई पाइला गलेको छ आजभोली  ।।
अर्ती उपदेश दिनसम्म पछि नपरेको बिपी ।।
आफै लर्याकलुरुक गलेको छ आजभोली  ।।