सोमबार, जेठ २५, २०८३

विजया दशमीकोको अवसरमा ‘दशैं धमाका’ सांस्कृतिक कार्यक्रम हुने

टोकियो,९ असोज । नेपालीका लागि नेपालीको आयोजनामा दशैको धमाका सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

जापानको स्टेजमा राम्रै प्रभाव पार्न सफल केहि कलाकारहरुले यसपटकको दशैको अवसरमा धमाका मच्चाउने भएका छन् ।
नेपालीका लागि नेपालीले आयोजना गरेको कार्यक्रममा गोतान्दाको माया रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा समुद्रराज पौडेल, होम पुन, अमित सापकोटा, चेतन घर्तिमगर लगाएतको टोलिले दर्शकलाई धित मरुन्जेल नचाउने भएका छन ।
टिकाको दिनमा विदेशमा रहेपनी आफ्नो संस्कृतिलाई नबिर्सौ भन्नको लागी कार्यक्रम गर्न लागिएको आयोजक गणेश न्यौपानेले जनाएका छन ।