टोकियो,९ असोज । नेपालीहरूको महान चाड बडा दशै र शुभदीपावलीको पावन अवसरमा प्रवासी नेपाली मन्च जापान, कान्तो कमिटीले “दशै-तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम २०७४” सम्पन्न भएको छ ।
जापानको हामामाचुच्योस्थित एम एस किचेनमा संम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता प्रवासी नेपालि मंच कान्तो कमिटिका अध्यक्ष सुजन पन्तले गर्नु भएको थियो भने प्रमुख अथितिमा प्रवासी नेपाली मंच, जापानका कार्यवाहक अध्यक्ष बाबुराम भण्डारी , विशेष अथितिमा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी रहनुभएको थियो।
उक्त कार्यक्रममा कान्तो कमिटिका उपाध्यक्ष महेन्द्र अधिकारीको स्वागत मन्तव्य राख्नु भएको थियो भने शुभकामना मन्तव्य कान्तो सदस्य समर्पण गदेलले राख्नु भएको थियो।
ओएनएफ जापानका कार्यवाहक अध्यक्ष बाबुराम भण्डारी ,ओएनएफ जापान सचिव विकास पौडेल, ओएनएफ जापान सचिवालय सदस्य पशुराम बस्नेत ,ओएनएफ जापान सल्लाकार डा.विजय ज्ञावाली, ओएनएफ केन्द्रिय सदस्य, कान्तो सल्लाहकार तथा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी, ओएनएफ जापान अग्रज शालिकराम भण्डारी लगायत का व्यक्तित्वहरुले शुभकामना सन्देश राख्नुभएको थियो। साथै कार्यक्रममा उपस्थित रहनु भएका नेकपा ऐमाले लाई माया गर्ने सवै समर्थक एवं शुभचिन्तकहरुको विचमा परिचयात्मक शुभकामना आदानप्रदान तथा चियापान गरि संम्पन्न भयो।
नेकपा एमालेलाई माया गर्ने कार्यकर्ताहरूको विचमा भाईचारा, एकता र सद्भावको वातावरण शृजना गर्दै एक आपसा आत्मीयता वढाउने उधेश्यले आयोजना गरिएको थियो जुन कार्यक्रम पूर्ण रूपले सफल भएको आयोजकले बताएको छ । कार्यक्रममा कान्तो क्षेत्र मा रहनु भएका नेकपा ऐमाले लाई माया गर्ने समर्थक एवं शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो।
सो कार्यक्रमको संचालन कान्तो कमिटिका सचिव मदन चापागाईले गर्नु भएको थियो।
