शुक्रबार, बैशाख ०७, २०८१

गजल

-इन्जिनियर राकेश कार्की

दशैंमा छुट्टी पाए पक्कै जान्थें होला
सबभन्दा सस्तो टिकट छान्थें होला

घरमा बा र आमा बाटो हेर्दा हुन्
एकचोटी भेट्न पाए धन्य ठान्थें होला

भाइ अरब बहिनी दिल्ली अक्षता बटुल्न
शान्ति छाए गाउँमै परीवार धान्थें होला

चौतारीमा बर छैन हुर्केको घर छैन
जोगाको अलिकति कोसेली लान्थेँ होला

दशैँ न हो मेलमिलाप नेपाली चाड
गुन्द्रुकको सितनसँग ढिँडो खान्थे होला

मारीएका धेरै विजोगी कथा सुन्दै
छेकीएको दशैँ हरे दिक्क मान्थेँ होला

दशैँको मेलमिलाप फुटाउने बैरीलाइ
आफ्नो भन्ने सम्झाइ घरमै तान्थें होला

दशैँमा छुट्टी पाए दुःख सुख बांडदै
दीर्घायु सुस्वास्थको गुच्छा हान्थें होला

लस एन्जेलस