जापान,८ असोज । कानागावा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको परामर्शको लागी कानागावा नेपाली कम्यूनिटीले यही अक्टूबर महीनाको तेस्रो हप्ता मंगलवारबाट हेल्प डेक्स राख्ने भएको छ ।
जापानमा भाषा,काम लगाएतको समस्यालाई मध्यनजर गरेर कानागावा नेपाली कम्यूनिटी जापानले हेल्प डेक्स राख्न लागेको कम्यूनिटीका अध्यक्ष हरि सापकोटाले जानकारी दिनुभयो ।
जापानमा बीमा र कर प्रक्रियाहरू, प्रशासनमा बालबालिकाको जन्म दर्ता , बच्चाहरु बालबालिका विद्यालय हाल्ने प्रक्रिया, काम , अस्पताल, अपार्टमेन्ट कसरी पत्ता लगाउने, भिसा प्रक्रियाहरूको लागि आवश्यक कागजातहरू,मोबाइल फोनहरू, गाड़ी,कारहरू खरिद प्रक्रिया लगायतको विषयमा वास्तविक निशुल्क परामर्श गर्न लागेको हो । उक्त परामर्शको संयोजनको लागि संस्थाका उपाध्यक्ष महेश श्रेष्ठ र सह सचिब दिनेश के सीलाई तोकिएको छ ।
हेल्प डेक्स राख्नमा चाहिने सामग्री खरिद गर्न र उक्त प्रयोजनका लागी कानागावा फ़िक्चरले २० मान आर्थिक सहयोग समेत गरेको छ । हरेक मंगलबार दिनको ३:०० बजे देखि ५:०० बजेसम्म बस्ने हेल्प डेक्समा सम्पर्कको लागि संस्थाले अपील गरेको छ ।
