बिहिबार, बैशाख ३१, २०८३

यसपालीको वडा दशैं सुखमय रहोस्

-राम तामाङ,जापान, फक्रियोस् जमरा, जीन्दगी त्यसरी नै !
सुस्वास्थ्य, समृद्ध रहोस् जीवन, बितोस् सुखमय भई !!
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना !!!
विजयदशमी २०७४ को सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलयमय शुभकामना !!!!
नेपालीहरुमा २०७४ सालको बडादशैं अर्थात विजयादशमीको रौनक छाईसकेको छ । यो नेपालीहरुको सबैभन्दा ठूलो चाड हो । मनाइने यो चाडले नेपालीहरुको संस्कृति र परम्परामा विशेष महत्व राख्दछ । यो परिवार मिलनको चाड हो । यो मनोरञ्जनको चाड हो । यो आस्था, उमंगको चाड हो । टाढा टाढाबाट यस पर्वका दिन मानिसहरु आफ्नो घर फर्किने गर्छन । नेपालमा रहेका नेपालीभित्र मात्र नभई विदेशमा रहेका नेपालीहरुमाझ पनि यस चाडले ठूलै महत्व राख्छ । सुख, शान्ति, समृद्धिको कामना गर्दै मनाइने विजयादशमी हिन्दु धर्मावलम्बीहरुको महान चाड भएपनि नेपालमा सबै धर्मका मानिसहरु पनि दशैंलाई आस्थाका साथ मनाउने गर्दछन् ।
नेपालको राष्ट्रिय पर्वको रुपमा मनाईने दशैं हिन्दु धर्मालवम्बीहरुले असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन अर्थात दशमीको दिन टीका–प्रसाद ग्रहण गरेर सम्पन्न गरिन्छ भने पूर्णिमा सम्म प्रसाद ग्रहण गरिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिनमा जमरा राखेर दशमीको दिन जमरा र रातो टिका लगाएर सम्पन्न गरिन्छ । विजयादशमीको दिन भगवतिले दानवमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप टिका र जमरा लगाउने चलन चल्दै आएको पाइन्छ । नवमीसम्म नवदुर्गाको पुजा गरिन्छ । यस पर्वलाई दशैं, विजयादशमी, दसाहरा, दसेरा दसेहरालगायत अनेक नामले चिन्ने गरिन्छ । IMG_0914
दशै केवल पर्वमात्र नभई ठूलो धनराशीको कारोबार हुने पर्व हो, समय हो । अर्थतन्त्र बढी चलायमान हुन्छ । मानिसहरु विभिन्न उपभोग्य वस्तु खरिदका लागि पनि दशैं नै पर्खने गर्दछन् भने व्यापारीहरु दशैंमा ठूलो धनराशीको व्यापार गर्ने सपना राखेका हुन्छन् । दशैंमा अबौंको मासुजन्य पदार्थको कारोबार हुन्छ । खसि, बोका, भेडा, च्याङग्रा कतिपयले दशैंका लागि नै हुर्काएको पाइन्छ । अर्बौं लत्ताकपडा, सवारीसाधन, खाद्यान्न लगायतमा खर्च गरेको पाईन्छ । लाखौं मानिसहरु आफ्नो घर फर्किने समय भएकाले सामान खरिद गरेर लैजान्छन् । यसले खर्च उत्तिकै बढाएको छ भने व्यापार पनि उस्तै भइरहेको देखिन्छ । तर, यस्ता पर्वमा अनावश्यक क्षेत्रमा धेरै खर्च गर्ने प्रवृत्तिले गरिबी अझैं बढाउ“दै लगेको देख्न पाईन्छ । अझ दशैंमा देखासिकी गर्ने प्रवृत्ति खराब पक्ष हो पनि भन्न सकिन्छ । नेपाल सरकारले पनि दशंैलाई लक्षित गरी सुपथ खरिद आयोजनाहरु सञ्चालन, नया“ नोट उपलब्ध गराउने काम गरेको छ । अहिले विदेशबाट नेपाल फर्किनेको पनि घु“इचो छ । यस समयमा विदेशबाट अधिकाशं रेमिट्यान्स् नेपाल भित्रिएको पाइन्छ जुन उत्पादन क्षेत्रमा खर्च नभई केवल उपभोग्य क्ष्ँेत्रमा खर्च हु“दा रकमको सदुपयोग भएको पाइ“दैन ।
दशैंमा मानिसहरु विभिन्न प्रकारका परिकारहरु बनाएर खाने गर्दछन् । अधिकाशं घरमा सेल पाकेकै हुन्छ । जस्तो सुकै परिवार भएपनि जेनतेन मासु पनि ल्याएकै हुन्छन् । तराईका क्ष्ँेत्रहरुमा दुर्गा पुजा गर्दै रमाइलो गरिन्छ । पहाडतिर पिङ खेल्ने गरिन्छ । कसैका लागि दशैं विश्रामको समय पनि हो । दशैंको समयमा जा“ड–रक्सी, जुवा तास पनि खेल्ने गरेको पाइन्छ । यस्ता विकृत रुपहरुको नियन्त्रणमा पनि पहल गर्नु आवश्यक देखिन्छ । मानिसहरु दशैंमा गर–गहना, सम्पत्ति जोहो गर्ने समय पनि हो । यसले चोरी पनि उत्तिकै बढाउ“छ त्यसैकारण सुरक्षामा पनि उस्तै कदम चाल्नुपर्ने देखिन्छ ।
त्यस्तै दशैंमा अधिकाशं मानिस घर फर्किने गर्छन् । चाहे ती स्वदेशका अन्य भागबाट हुन् या विदेशबाट । अझ भन्नुपर्दा ५० लाख जनसंख्या रहेको काठमाडौं दशैंमा शून्य जस्तै हुन्छ । फाट्टफुट्ट मानिस भेट्न पनि मुस्किल पर्छ काठमाडौंमा । किनकि यो सानो खाडलमा देशका अधिकाशं मानिस थुप्रिएका छन् । त्यस्तै, घर फर्किनेका लागि गाडी नपाउने अवस्था भईसकेको छ । जेनतेन मानिसहरु घर फर्किरहेकै छन् । यस्ता पर्वमा मानिसहरुको आवातजावात बढी हुने हु“दा अन्य समयमा भन्दा बढी दुर्घटना भइरहेको प्रशस्त उदाहरण छन् । दशैंको मुखमा केही ठाउ“हरु भने यसबाट विमुख नै रहेको पाइन्छ ।
दशैं खुसीको चाडवाड हो । मिलनको चाडबाड हो तर विभिन्न बहाना बनाएर अधिक खर्च गर्ने, देखासिकी गर्ने कार्य बन्द गर्नुपर्छ । यस समयमा चोरी डकैती पनि बढ्ने हुनाले सबैले सुरक्षा सतर्कता अपनाउनु जरुरी छ । दशैं पर्वमा स्वास्थ्यमा ख्यालै नगरी खानपानमा व्यस्त भइने हु“दा स्वास्थ्यमा निकै ध्यान दिनु जरुरी छ । यसपालीको दशैं सबैको सुखमय बितोस् ।