जापान,७ असोज । जापानलाई कर्मभूमि बनाउदै आएका सर्जक केशब पौडेलले दर्शक श्रोताको मन छूने देश प्रेमी गीत “तराईमा धान झुल्दा” गीत लिउने भएका छन् ।
गीतमा नेपाल आइडलकी कोईलीको उपनामले चर्चाको शिखरमा रहेकि गायिका मेनूका पौडेल र चर्चित संगीतकार तथा गायक श्री कृष्णबम मल्लको रहेको र संगीत भने चर्चित संगीतकार रामकृष्ण बम मल्लको रहेको छ भने अमित अमित सापकोटा को निर्देशन मा सर्जक केशव पोडेल को देस प्रेमी गीत आउने भएको छ ।
केहि समय अघि ऊहि खोलिमा पानी बजारमा ल्याएर दर्शक श्रोताको अत्यधिक माया पाएका सर्जक केशब पौडेलले पुन दर्शक श्रोताको मन छूने देश प्रेमी गीत तराईमा धान झूल्दा नामक गीत लिएर आऊने भएका छन् ।
गत मंगलवार जापानको योकहामामा उक्त गीतको छायांकन कार्य भएको सर्जक पौडेलले जानकारी दिए । गीतको निर्देशन भने जापानबाट सांगितिक यात्रा सुरु गरेका गायक अमित सापकोटाले गरेका छन् भने क्यामेरामा अर्जुन गौतमले काम गरेका छन् । गीतको भीडियोमा केशब पौडेल , पूजा पौडेल ,अमीत सापकोटा , राम खड़का नांसु पाण्डे ,ज्ञानु भाई , सरू बिस्ट , एस के शर्मा, गोबिंद कडेल लगायतका कलाकारको भूमिका रहेको छ गीतको सबै काम सकेर केहि समयमैं बजारमा ल्याउने सर्जक केशब पौडेलले जानकारी दिए ।
