टोकियो,६ असोज । बाग्लुङ जिल्लाको भकुण्डेका अगुवा कृषक रनबहादुर थापा मिर्गौला रोगबाट पिडित बनेका छन।
बाग्लुङ नगरपालिका वडा नं १० भकुण्डे दहका थापाले आफ्नो जिवन रक्षाका लागी सहयोगको अपिल गरेका छन । समाजमा कृषि पेशामा निकै उदारणीय बनेका रनबहादुरको दुबै मिर्गौलाले काम गर्न छाडेपछी परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरिरहेका छन्।
जिल्लाकै अगुवा कृषकको रुपमा आफ्नो परिचय बनाएका थापाले यसअघि स्वास्थ्य परिक्षण गर्दा मुटुमा समस्या देखिएपछि मुटुकै औषधी सेवन गर्दै आएको परिवारले बताएको छ । लामो समयदेखी कृषि पेशा अँगाल्दै आएका थापाको विगत पाँच महिनादेखि स्वास्थ्यमा समस्या देखिदै आएको उनकी श्रीमती सुकुमारी थापाले बताइन्। निरन्तरको औषधि सेवनपछि रोग घट्नुका साटो झन् बढ्दै गयाे,’ थापाकी श्रीमती सुकुमारीले पत्रकार सम्मेलनमा भनीन्, ‘एक साताअघि पोखरा लगेर पुन स्वास्थ्य परिक्षण गराउँदा दुबै मिर्गौलामा समस्या देखियो ।’ थापाको अहिले पोखरास्थित चरक अस्पतालमा उपचार भैरहेको छ ।
५८ बर्षिय थापाको परिवारमा एक श्रीमती, दुई छोरी र एक छोरा र बुहारी छन्। आफ्नो सम्पुर्ण जिवन कृषि पेशामै बिताएका थापाको पारिवारीक आर्थिक अवस्था निकै नाजुक रहेको छ । ‘गाउँमा रहेको जग्गा जमिन पनि बेचेर उपचारका लागि खर्च पुग्ने अवस्था छैन श्रीमतीले भनिन,’ श्रीमान्को उपचारमा दैनिक १० देखि १५ हजारसम्म खर्च हुने गरेको छ । ‘हाम्रो आर्थिक स्रोतले उहाँको उपचार सम्भव छैन,’ उनले थपिन्, ‘उहाँको बाँच्ने र कृषिमै केहि गर्ने चाहना तपाईंहरुको सानो सानो सहयोगले मात्र सम्भाव छ ।
थापाको उपचारका लागि ‘रनबहादुर थापा बचाउ अभियान’ सुरु गरिएको अभियानका सचिव उमाकान्त शर्माले बताए । कृषि पेशामा निर्भर थापा परिवारले उपचारका लागी लाग्ने रकम जुटाउन असम्भव भएपछी आर्थिक संकलनका लागी अभियान सुरु गरेको सचिव शर्माको भनाई छ।
कृषिको आधुनीक खोज विकासका लागी खोज अनुसन्धान गर्दै आएका थापाकोे आर्थिक अवस्था निकै नाजुक रहेको छ यो अभियानमा सहयोग गर्न देश बिदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरुलाई आग्रह गरिएको छ ।
जापानबाट पनी रनबहादुर थापा बचाऊँ अभियान सुनिता श्रीसको नेतृत्वमा आर्थिक संकलन गरीएको हुदाँ सहयोगको लागी जापानबासी दाजुभाई दीदीबहिनीहरूलाई अभियानकी संयोजक श्रीसले अपील गरेकी छिन ।
उक्त संकलित रक़म एकमुष्ठ नेपाल पठाऊने योजना सहित जेपी बैंक खाता 10140-80168651 को
(シリサ タパ スニタ)श्रीस थापा सुनिता नाममा जम्मा गरी सहयोग गरीदिनुहुन अनुरोध गरेकी छिन ।
