जापान,५ असोज । गैर आवासिय नेपाली संघ (एनआरएनए)जापान,गुन्मा क्षेत्रीय समितीले बार्षिक कार्ययोजना सम्बन्धी स्थानीय संघ(संस्थासँग समन्वय बैठक तथा संस्थाका सदस्य र संस्था प्रती चासो राख्ने ब्यक्तीत्वहरूसँग छलफल तथा बिचार विमर्श कार्यक्रम गर्ने भएको छ ।
ओक्टबर १ तारीक आईतबार १ बजेवबट गरिने कार्यक्रममा सहभागीतीको लागि, स्थानीय संघ संस्था हरू तथा संस्थाको सदस्य एवं संस्था प्रती चासो राख्ने सम्पुर्ण ब्यक्तित्वहरूलाई गरीमामय उपस्थितीको लागी अनुरोध गरेको छ ।
एनआरएनए गुन्मा क्षेत्रिय संयोजक महेश रिसालका अनुसार,सम्पुर्ण नेपालीहरूलाई मीलाएर लैजाने र संस्थाको बारेमा र संस्थाको भूमीका र महत्व प्रष्ट पारी नेपाली समुदायका विविध पक्षहरुमा सहकार्य गरी अघि बढ्नु कार्यक्रमको मुल उद्देश्य रहेको जानकारी दिनुभयो ।
उक्त कार्यधmममा स्थानिय संस्थाका सम्पूर्ण पदाधिकारी ९सम्भव भए सम्म० र अग्रजहरू सबै जना उपस्थित भई यस कार्यक्रमलाई अर्थपुर्ण र सफल बनाउन , सल्लाह सुझाव प्रदान गरी सहयोग गर्नका लागि आयोजक संस्थाले अनुरोध गरिएको छ ।
