शनिबार, बैशाख ०८, २०८१

गजल

म आउने बाटो नहेर्नु आमा चाहेर नि आउदिन भो ।
परदेशी चोला यस्तै रैछ विम्ति मागेछुट्टि पाउदिन भो ।।

सम्झे चिर्छमुटु पोल्छ छाति घर छोडेको धेरै भयो ।
आऊँदा नजिक चाडबाँड जमराटिका लाउदिन भो ।।

साथीसँगि फर्किदै होला गाँउ दशैतिहार मान्नलाई ।
निराशाले भरिन्छ जीवन आशाको दिप छाउदिन भो ।।

वर्षौवर्ष गुम्सिएका कुराहरु पाइन्न अझै साट्नलाई ।
भोगे जीवन परदेशी दोहोरी देउसीभैलो गाउदिन भो ।।

  • स्मृति मोक्तान
    रामेछाप नेपाल हाल जापान