बुधबार, असार १०, २०८३

ओएनएफ कान्तोले टोकियोमा दशै-तिहार शुभकामना कार्यक्रम गर्ने

जापान,२ असोज । नेपालीहरूको महान चाड बडा दशै र शुभ दीपावलीको पावन अवसरमा प्रवासी नेपाली मन्च जापान, कान्तो कमिटीले “दशै-तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम २०७४” को आयोजना गर्ने भएको छ ।

प्रवासीमा रहनुभएका नेकपा एमालेलाई माया गर्ने कार्यकर्ताहरूको विचमा भाईचारा, एकता र सद्भावको वातावरण शृजना गर्दै एक आपस आत्मीयता वढाउदै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम निम्न मिति र स्थानमा कान्तो कमिटिले राख्ने भएकोले सम्पूर्ण नेकपा एमालेलाई माया गर्ने साथीहरूलाई साथै पत्रकार वन्धुहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

उक्त कार्यक्रम सम्पन्न गर्न कान्तो कमिटिको सिंगो टिम लागि परेको र कार्यक्रम सव्य र भव्य रूपमा सम्पन्न गर्न लागि परेको कुरा कान्तो सचिव मदन चापागाईले जनाउनु भयो ।