बुधबार, असार १०, २०८३

नागोयामा एक नेपाली महिलाको निधन,सेक्टेम्वर १९ मा अन्त्यष्टी गरिने

जापान,३१ भदौ । चितवन लंकु घर भई करिब ड़ेड महिना अघि मात्र डिपेन्डेन्ड भिषामा जापानको नागोयामा बस्दै आउनु भएकी वर्ष ३५ कि भिमा कंडेल पाण्डेको उपचारको क्रममा निधन भएके छ ।

१५ तारिक शुक्रवार बेलुका अस्पतालमै निधन भएको हो । स्व भिमा श्रीमान संगै नागोयामा बस्दै आएकी थिईन ।

मृत आत्माको चिरशान्तिको कामना गर्दै आगामी मंगलवार यही नागोयमै अन्त्यष्टी गरिने भएकोले उपस्थितिको लागि  अनुरोध गरेको छ ।

अन्त्यष्टी गरिने मिति- २०१७-०९-१९ मंगलवार समय – बिहान ९:३०

स्थान- Nagoya shi Meitou ku takabarihara 2-1704 名古屋市名東区高針原 2-१७०४ थप जानकारी को लागि – बिनोद कुमार सापकोटा – ०९०-६०८३-२८३३ डिलाराम खरेल – ०९०-६४५४-४२९५ सन्देश पोखरेल – ०८०-३६३७-८८१९