टोकियो,२९ भदौ । सेवा नै हो धर्म हो भन्ने भावनाले जापानस्थित टोकियोमा बसेर कर्म गरिरहेका रामेछापका निकेश श्रेष्ठले आफु जन्मेको एक हेल्प पोस्टमा स्वास्थ्य सामग्री उपलब्ध गरिदिएका छन ।
जापानमा ४ वर्षदेखि बस्दै आएका श्रेष्ठले डीपी कडेल , सूदन थापा,टाशी वांदी लामा,पुष्कर थापा लगायत संपूर्ण सहयोगी हातहरूमा रामेछापेली जनता र उनको व्यक्तिगत तर्फबाट मुरी मुरी धन्यबाद दिएका छन ।
उनले आफु र सहयोगबाट संकलन भएको रक़म दुई पटक गरी जम्मा जापानी ६१ हज़ार ठोसे हेल्थ पोस्ट रामेछाप ठोसे बज़ारको लागी मेडिकल टोल्स र छत्तौने खोलाको बाढी पीड़ितहरूलाई २३ थान ब्लैंकट सहयोग गरेका छन ।
