बुधबार, असार १०, २०८३

एनआरएनए जापानले विमानस्थल काठमाडौंलाई २५ सेट ट्वाईलेट हस्तान्तरण

टोकियो,२९ भदौ । ग़ैरआवासीय नेपाली संघ एनआरएनए जापानले नेपालको अन्तराष्ट्रीय विमानस्थल काठमाडौंलाई २५ सेट ट्वाईलेट हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

एनआरएनए जापानको आठौ कार्यसमितिको सोमवार बसेको पहिलो बैठक संघका अध्यक्ष टासि वाङदी लामाको अध्यक्षतामा सम्पन्न भयो , कार्यसमितिको पहिलो बैठकले बिभिन्न बिषयमा निर्णय गर्यो ।

एनआरएनए जापानको निर्णय जसमा:-
-गैरआवसीय नेपाली संघ जापानको सातौ महाधिवेसन र अभियानमा सहयोग गर्नुहुने नेपाली राजदुतावासको तर्फबाट महामहिम राजदुत प्रतिभा राणा,एनआरएनए आईसिसि अध्यक्ष शेष घले,पुर्व अध्यक्ष देवमान हिराचन,एनआरएनए आईसिसि उपाध्यक्ष भवन भट्ट, यशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा, उपसंयोजक गोबिन्द शेष्ठ(रोबिन्द), आईसिसि सदस्यहरु,निबर्तमान अध्यक्ष सुदन थापा,निर्वाचन कमिटिका प्रमुख ओम गुरुङ ,सदस्य क्रमश डा. वेद काफ्ले,मेघ राज नेपाल, डा. भुपाल मान श्रेष्ठ , पुष्कर जंग थापा ,एनआरएनए क्षेत्रिय कमिटि ,राजनितिक दलका भातृ संगठन,पत्रकार,बिभिन्न संघ /संस्था ,कलाकार ,बुद्धिजीवी ,ब्यापारी, बिधार्थि साथै सम्पुर्ण महाधिवेशन प्रतिनिधि तथा मतदाताहरुमा संघको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरियो।

-संघको बिधानले ब्यवस्था गरेको बिषयलाई छलफल गर्दै युवा संयोजकमा लेलिन भट्टचन र महिला संयोजकमा सबिता श्रेष्ठ लाई आजको बैठकले मनोनीत गरेको छ।

-बैठकले कार्यसम्पादनको लागि सहज गराउन २१ बुदे आचारसंहिता लागु गरेको छ ।

-राष्ट्रिय कार्यसमितिको बैठक प्रत्येक २-२ महिनामा बस्ने छ(बिशेष अवस्था बाहेक) ,साथै सचिवालयको बैठक कम्तिमा पनि महिनाको १ पल्ट अवस्था अनुसार बस्ने छ।

-क्षेत्रिय कमिटिको कार्यकुशलता ,सकृयता र बड्दो नेपाली समुदायको गतिबिधिहरुलाई मध्यनजर गर्दै हाल बिधमान क्षेत्रिय कमिटि लाई ४/४क्षेत्र निर्धारण गरि अतिरिक्त सहयोग कमिटि गठन गरिने छ, जसमा संयोजकको ज़िम्मेवारी तीन उपाध्यक्षलाई र सहसंयोजकको ज़िम्मेवारी संवन्धित क्षेत्रीय संयोजकलाई तोकिने छ। प्रत्येक १-१ महिनामा आआफ्नो क्षेत्रको रिपोट संयोजकले राष्ट्रीय कमिटि समक्ष बुझाउनु पर्ने छ।

-राष्ट्रिय कमिटी वा क्षेत्रीय कमिटिको कार्यकारिणी पदमा रहनुहुने पदाधिकारी अर्को संघ/ संस्था वा राजनितिक संगठनको कार्यकारिणी (१ तर्फको कार्यकारिणी पद बाहेक )पद ग्रहण गर्न पाईने छैन। भएमा आजको मितिले १५ दिन भित्र कुनै एक पद छोड्नु पर्ने छ।

-राष्ट्रिय वा क्षेत्रीय कमिटि मा रहने ब्यक्तिले संघले तोकेको र दिएको ज़िम्मेवारी बाहेक कुनै कार्यक्रमको संयोजक र आर्थिक संकलन गर्न पाईने छैन।

-कार्यसिमितीका सदस्यहरू बैठकमा उचित कारण बिना अनुपस्थित भएमा ५००० येन र एन आर एन ए को आयोजना मा हुने कार्यक्रममा अनुपस्थित रहेमा १०,००० येन रकम संघ लाई भुक्तानि गर्नु पर्ने छ। तर कार्यक्षेत्र जापान बाहिर वा बिरामि भै प्रमाण पेश गरेमा यो नियम लागु हुने छैन।लगातार ३ पल्ट सम्म बैठकमा अनुपस्थित रहेमा संघको बिधानले दिएको अख्तियारी लागु गरिने छ।

-कार्यलय भाड़ा र प्रसासनिक खर्चमा संघ लाई आर्थिक भार नपार्ने गरि राष्ट्रीय कमिटिका पदाधिकारि र सदस्य हरुले प्रति महिना ३०००येन का दरले सहयोग संकलन गरिने छ।

– एनआरएनए जापानको नया सदस्यको लागि २०१८ जनवरी १ तारिकबाट सदस्य वन्न सकिने गरि आवाहन गरिने छ।

-एनआरएनए जापानले अन्तराष्ट्रीय बिमानस्थल काठमाडौंको सौचालयको लागि २५ सेट ट्वाईलेट वास्लेट आईसिसि उपाध्यक्ष भवन भट्ट मार्फ़त हस्तान्तरण गरिने छ।

 

टासि वा लामा :- अध्यक्ष

बुद्धि राज घिमिरे :- महासचिव

एनआरएनए जापान