बुधबार, असार १०, २०८३

जनसम्पर्क समिती जापानले अन्तरक्रिया कार्यक्रम गर्ने

टोकियो,२९ भदौ । नेपाली कॉंग्रेस नजिक रहेको जनसम्पर्क समिती जापानले “राष्ट्रीय एकता तथा आर्थिक सम्बूद्दिमा प्रवासको भुमिका” बिषयमा केन्द्रिय सदस्य धनराज गुरुग र प्रदीप पौडेललाई आमन्त्रण गरि अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

जनसम्पर्क समिति जापानले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद धनराज गुरुगं र प्रदीप पौडेलको उपस्थितीमा जापानका बिभीन्न शहरहरुमा अन्तरक्रिया सहित कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम गर्न लागेको जनसम्पर्क समिती जापानका सभापती डिपी कडेलले जानकारी दिनुभएको हो ।

आउदो सेप्टेम्बर १६ तारिख जापानमा आईपुग्नुहुने केन्द्रिय सदस्यहरुको उपस्थितीमा १७ तारिख टोकियोको नेजुहलमा कार्यकर्ता प्रशिक्षण पछि अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।

त्यस्तै १८ तारिख नागोया प्रस्थान गरि त्यहाँको अन्तरक्रिया कार्यक्रम सकि सोहि दिन ओसाकामा पनि अन्तरक्रिया कार्यक्रम हुने तालिका रहेको छ, १९ तारिख हिरोशिमा र फुकुओकामा अन्तरक्रिया कार्यक्रम सकि २० तारिख टोकियो फर्कने कार्यक्रम रहेको छ । यस्तै २० र २१ मा टोकियोको विभिन्न स्थानहरुको भ्रमण एवं छलफल कार्यक्रम तय गरिएको प्रवक्ता सुरेश गिरीले जानकारी दिनुभयो ।