सोमबार, जेठ २५, २०८३

तामाङ कलाकार संघ जापानले फ्याफुल्ला साँझ गर्ने

टोकियो,२७ भदौ । तामाङ कलाकारहरू संस्था नेपाल तामाङ कलाकार संघ,जापानले ऐतिहासिक रूपमा पहिलो सांस्कृतिक प्रस्तुति फ्याफुल्ला साँझ भब्य रूपमा गर्ने भएको छ ।
अगामी सेप्टेम्बर २४ तारिखका दिन आफ्नो भाषा कला साहित्य संस्कार संस्कृतिका लागि एक होऔ,आफ्नो देश आफ्नै भाषा आफ्नै बेश र राष्ट्रको पहिचान संसार भर फैलाऔ भन्ने मुल नाराका साथ आयोजित उक्त साँझ कार्यक्रमकेा तयारी समेत भब्य रूपमा भइरहेकेा नेपाल तामाङ कलाकार संघ जापानका अध्यक्ष टासी लामाले बताउनुभयेा ।
अध्यक्ष लामाका अनुसार उक्त कार्यक्रममा जापानमा रहेका स्थानिय तामाङ कलाकारहरू आशबिर तामाङ,बिश्व लामा,कर्मा दोङ तामाङ,आरके स्याङतान,सम्झना लामा,राजेन्द्र लामा,छबि लामा,प्रिति तितुङ,पुर्ण सिं तामाङ,साइना तितुङ र डिजे रेशम लामा लगायत दर्जनैा कलाकारहरूको प्रस्तुति रहने जनाएको छ ।
कार्यक्रम राजधानी टोकियो स्थित बाराकाँढे रेस्टुरेन्टमा हुने आयोजक जानकारी दिएको हो ।
संस्थाले सांगितिक कार्यक्रमबाट बचेको रकम ल्होछार सम्बन्धि डकुमेन्ट्री बनाउन खर्च गरिने भएकाले जापानबासी सम्पुर्ण तामाङ तथा गैर तामाङ नेपालीहरूलाइ उपस्थितिका लागि आयोजक तामाङ कलाकार संघ अनुरेाध समेत गरेकेा छ ।