टोकियो,२६ भदौ । गैरआवासीय नेपाली संघ जापानको सन (२०१७-0१९) का लागि नवनिर्वाचित प्रतिनिधिहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सेप्टेम्बर ३ मा सम्पन्न निर्वाचन मार्फत निर्वाचित पदाधिकारी र त्यसअघि सर्वसम्मतमा चयन भएका प्रतिनिधिहरुलाई एनआरएनएका क्षेत्रीय संयोजक किरण विक्रम थापाले सपथ ग्रहण गराएका हुन् । समारोहमा, एनआरएनए आइसीसी सदस्य भुषण घिमिरे, आइसीसी सदस्य तथा निर्वाचन आयुक्त ओम गुरुङ, नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, निर्वाचन कमिटीका सदस्य भुपालमान श्रेष्ठ, पुष्कर जंग थापाको उपस्थिति शपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जापानमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधिहरु, पत्रकारहरुका साथै एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
