जापान,२६ भदौ । युवराज आचार्यको नेतृत्वमा राष्ट्रीय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपालको बैदेशिक शाखा अन्तर्गत जापान शाखाको तदर्थ कमिटी गठन भएको छ ।
आइतवार जापानको कामतामा सम्पन्न भेलाले पहिलो अधिवेशनसम्मको लागी आचार्यलाई चयन गरेको हो । जापानको बिभिन्न सहरहरुमा रहेका र नेपाली लोकगीत संगीतमा क्रियाशिल कलाकर्मीहरुको भेलाबाट युबराज आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समीती गठन गरीएको हो । जसको उप-संयोजकमा सुर्य खड्का र पुरुषोत्तम सिग्देल, सचिबमा नारायण कंडेल र कोषाध्यक्षमा ऋषीराम कंडेल सर्बसम्मत सिफारीस हुनु भएको छ । यसैगरी सदस्यहरुमा ऋषी पौडेल ,कुलबीर थापा,दिलेन्द्र जोशी,श्याम शितल श्रेष्ठ,सोना के सी ,मुक्ती सुवेदी,समुन्द्रराज पौडेल,छवि पाण्डे,दिपक शर्मा,महेन्द्र न्यौपाने ,चेतन घर्तीमगर,यदुराम सापकोटा,प्रभा न्यौपाने,अमित सापकोटा ,दिपक बशन्त कार्की र होम पुन रहनु भएको छ ।
जापानमा रहेका सबै कलाकारहरुको साझा संगठन गर्ने बिषयमा भएको निरन्तरको प्रयास पछी शाखा गठन गरीएको हो। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल संग समन्वय गरी जापानमा रहेका कलाकार तथा बिभिन्न ब्यक्तित्वहरुको रोहबरमा तदर्थ समीती गठन गरीएको जनाईएको छ ।
भेलाले पिताम्बर चापागाईको संयोजकत्वमा ५ सदस्यीय बिधान मस्यौदा समिती र रामकृष्णबम मल्लको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन तयारी तथा निर्वाचन समिती समेत गठन गरेको छ ।
