Nepali date


बिहिबार, मंसिर २६, २०७६

एनआरएनए जापानमा सर्वसम्मतिवाट विजयीलाई मात्र सपथ

टोकियो,२५ भदौ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण रोकिने भएको छ । यही सेप्टेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा इ–भोटिङ प्रणालीको दुरुपयोग गरिएको भन्दै उजुरी परेको थियो ।

पराजित उम्मेदवारहरुले आफूहरु लोकतान्त्रिक विधि र प्रक्रियालाई मान्ने तर मतदानको विश्वसनीयतामाथि उठेको प्रश्नको सम्बोधन हुनुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेर विरोध गरेका थिए । उनीहरुले निर्वाचनमा भएको धाँधलीको सत्य तथ्य र निश्पक्ष छानबिनको माग समेत गरेका छन् ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापाको पहलमा निर्वाचन समितिले आइतबार हुने भनिएको सपथ ग्रहणमा सर्बसम्मत भएका उम्मेदवारलाई मात्र सहभागी गराउने निर्णय गरेको हो ।

निर्वाचन प्रक्रियाबाट विजयी भएकाहरुमाथि छानबिन सुरु गर्ने र अन्तिम प्रक्रिया पुरा भएपछि मात्रै उनीहरुको सपथ गराउने निर्णय भएको हो ।

बैठकमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापा, आईसीसी सदस्य भूषण घिमिरे, निर्वाचन समितिका संयोजक ओम गुरुङ, उम्मेदवारहरु बासुदेब लामिछाने, उत्तमकुमार श्रेष्ठ, राज सापकोटा र कुमार कार्कीको सहभागिता थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया