सोमबार, बैशाख ०७, २०८३

हेर्नुस रेखालाई घरी घरी कसको याद आउछ

ललितपुर,२३ भदौ । चलचित्र ‘रुद्रप्रिया’ को दोश्रो गीतको भिडियो सार्वजनिक भएको छ।यो गीत लाई ‘रुद्रप्रिया’ को प्रथम गीत संग तुलना गर्दा अलि फरक भनेको छ ।बानीका प्रधानको स्वर रहेको यो गीतमा रेखालाई मात्र फिचर गरिएको छ ।यो गीत सुनेर सबैको आखा रसाउने छन् ।गीतमा सुरेश अधिकारिको शब्द र संगीत रहेको छ ।करिव आठबर्ष पछि पर्दामा देखिन लागेको यो जोडीलाई हेर्न दर्शक निकै आतुर रहेका छन्। चलचित्रको ट्रेलर भने यहि सोमबार सार्वजनिक हुने अभिनेत्री थापाले जानकारी दिइन् । सुदिप सिहले निर्देशन गरेको चलचित्र कार्तिक २ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।/दिवस बस्नेत/