टोकियो,२३ भदौ । जापानमा रहेर लोकसङ्गित संग सम्बन्धित भएर काम गरेका नयाँ र पुराना कलाकारहरु एकजुट हुन कसरत गरिरहेका छन् । छिट्टै
जापानमा लोक तथा दोहोरी गित प्रतिष्ठानको वैदेशिक शाखा जापान गठन हुनेभएको हो ।
जापानमा रहेर नेपाली लोक तथा दोहोरीगीत संग संवद्ध संगितकर्मीहरु पहिलो पटक संगठित हुँने भएका छन। यहि सेक्टेम्बर १० तारीक आईतबार कलाकारहरुको भेला गरि नेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल संग आबद्ध रहेर संगठित हुने कलाकारहरुले जानकारी दिएका छन। नेपाली गित संगितको आकासमा निकै चम्किला, पुराना र नयाँ कलाकार देखी भर्खरै बामे सरिरहेका नयाँ पुस्ताका कलाकारहरु सबैलाई एउटै छाताभित्र राखि अग्रजको अनुभव र नयाँ पुस्ताको जोसलाई नेपाली गित संगित संरक्षण र प्रबर्धनका निम्ती आवश्यक रहेको भन्दै बिगत २-३ वर्षहरुबाटै केहि अग्रज कलाकारहरुले पहल गर्दै आएका थिए।
प्रतिष्ठान केन्द्र संग सम्पुर्ण समन्वय गरिसकिएको र संस्थाको बिधान अनुसार प्रथम भेलाबाट तदर्थ समीती गठन गरिने जानकारी पनी दिएका छन। कामता स्थित खुशी बजारमा आयोजना गर्न लागिएको भेलामा सम्पुर्ण लोक तथा दोहोरीगीतसंग सम्बन्धित गायक, गायिका,गितकार, संगितकार, भिडियो निर्देशक, मोडल लगाएतका सबै कलाकारहरुलाई उपस्थितिको लागी आग्रह गरीएको छ।
