जापान : एमाले सम्वद्ध प्रवासी संगठन प्रवासी नेपाली मंच ओएनएफ जापानका कार्यवाहक अध्यक्ष बावुराम भण्डारीले आइतबार रातिबाट आफ्नो नाममा सामाजिक संजालमा फैलाईएको विषयलाई झुटो आपत्ती जनाउनु भएको छ ।
सोमबार एक विज्ञप्ती प्रकाशित गरेर कार्यवाहक अध्यक्ष भण्डारीले आफुले भन्दै नभनेको र बोल्दै नबोलेको विषयलाई मेरो नाम जोडेर सामाजिक संजालमा अर्नगल प्रचार गरिएकोमा आपक्ति जनाउनु भएको हो। गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ कार्यसमिति चयनका विषयमा भएको सहमतिय प्रणाली र निर्वाचन प्रणालीमा आफ्नो र आफनो संगठनका तर्फबाट धैर्य धारण गरेर तथा निक्कै संयमित भएर काम गरेको सन्दर्भमा गलत मनसायले मेरो नाम जोडेर भ्रम फैलाउने प्रयासको भत्सर्ना गर्दछु भन्नु भएको छ।
गैरआवासीय नेपाली संघ जस्तो पवित्र र स्वतन्त्र संगठनलाई बदनाम गराउने र मेरो नाममा गलत सन्देश फैलाउने सत्यतथ्य पनि छिटटै बाहिर ल्याईने चेतावनी दिनुभएको छ।
प्रेस बिज्ञप्ति
आदरणिय जापानवासि दाजु -भाई तथा दिदि बहिनीहरुमा हार्दिक नमस्कार ।
हिजो मेरो नाम र म सग्लन संगठनको नाम जोडेर केहि सामाजिक संजालमा भ्रमपुर्ण समाचारहरु सम्प्रेसण गरेको देख्दा म स्वयं नै अचम्ममा परेको छु । एनआरएनए प्रवासमा बस्ने नेपालीहरुको साझा संस्था बनाउदै सबै नेपालको साझा संस्थाको रुपमा विकास गर्नु पर्छ भन्ने मान्यता राख्दै यो अभियानमा सुरुवातबाट सहभागि हुदै आईरहेको छु । यो सँस्थालाई हामि सबैको साझा र स्वतन्त्र रुपमा संचालन गर्ने काममा हामि सबै मिलेर लाग्नु पर्ने समयमा सामाजिक संजालमा म र मैले नेतृत्व गरेको संगठन लाई कमज़ोर पार्न र NRN जापान का बिजय उमेदबार हरुलाई समेत जोडि यस्तो मनगडन्ते र कपोल्कपित कुरा लेखि मेरो नाममा अनाबस्यक प्रचार भएको देख्दा तेस्तो दरिद्रता पन देखेर अचम्म पनी लागेको छ । र येस्को सत्य तथ्य पनी छिट्टै पत्ता लाग्ने छ।
हो हामिलाई थाहा छ । हाम्रो सगठनलाई अनेक बहानमा धेरै पहिल्यै देखि प्रहार गर्ने प्रयास नभएका होईनन् जसको फलस्वरूप आज मेरो नाम संग जोडेर मैले नलेखेको र नसोचेका बिषय लाई अनावस्यक टिका टिप्पणि गरी समाजिक सन्जालमा आएकोमा म दुखि: छु । वास्तबमा म र मेरो संगठन ले पहिले देखिनै भन्दै आएरहेको छ की NRNA टीम मा राम्रा र क्षमता भएका तथा सामाजिक अभियान मा लागेर समाज लाई केही दिन सक्ने व्यक्ति आऊनु पर्छ । ताकी कुनै राजनीतिक दल को छाता ओडर हैन राजनीतिक आस्था सबैको आ-आफ्नो ठाऊमा होला तर सामाजिक अभियानमा जाँदा सामाजिक आस्था लिएर जानू पर्छ भन्ने मान्यता राखदै म र मेरो संगठन ले कुनै पनी सामाजिक संस्थामा राजनैतिक हस्तछेप नगर्ने र गर्न नदिने प्रतिबद्वता संगै यस्ता ग़लत प्रवृतिको बिरोध गर्दै भ्रम पुर्ण बिषयमा समय नफाल्न र दोधारमा नपर्न सम्पुर्ण जापानवासि नेपाली महानुभावहरुमा हार्दिक अपिल गर्दछु।
र अन्त्यमा अहोरात्र खटेर सफलता पुर्बक निर्बाचन सम्पन्न गर्नुहुने निर्बाचन कमिटि,एनआरएनए जापान र क्षेत्रिय समिति हरु , नबनिर्बाचित सम्पुर्ण कार्यसमितिका साथिहरु लाई हार्दिक धन्यबाद साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै यो अभियानमा मनैदेखि गर्छु भनि निरन्तर खटिनुभई सफलता हासिल गर्न नसक्नुहुने मित्र हरु लाई एक माघले जाड़ों नजाने हुँदा निरन्तर लागिरहनु हुन अनुरोध गर्दै हौसला प्रधान गर्दछु।निर्वाचित NRN जापानका साझा कार्यसमितिका साथी हरुलाई कुनै सत्यता नभएको भ्रम पूर्ण समाचारको पछि नलागी आफुले पाएको जिम्मेबारि बहन गर्नतिर लाग्नू हुन अनुरोध गर्दछू ।
बाबुराम भण्डारी ।
