टोकियो,१९ भदौ । जापानस्थित गुन्माकेनमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचारको क्रममा मृत्यु भएको ३१ बर्षीय हृदेश जिसीको मृर्त शरीर नेपाल पठाएको छ ।
जिसी कामबाट रूम फर्कनेक्रममा गाडीले ठक्करवाट घाईते बनाएको नवलपरासीका जिसी उपचारको क्रममा हष्पीटलमै सोहि दिन मृत्यु भएको थिए ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलिरहेको छ तर उनी तारिफमा छुटेका छन् ।
स्वर्गीय जिसीको मृर्त शरीरलाई नेपाल पठाइदिन परिवारबाट आग्रह अनुसार नेपाल पठाउन प्रक्रिया पुरा गरि पठाएको एनआरएनए वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीले बताउनु भयो ।
नेपाल पठाउन जापानिज टोक्यो होएईस्या कम्पनीलाई जिम्मा दिएको थियो, स्वर्गीय जिसिको मृर्त शरीर लिएर बिमल जीसी नेपाल गएका छन ।
स्वर्गिग जिसीको मृर्त शरीर नेपाल पठाउन एनआरएनए वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी, नवलपुर समाज जापानका कोषाध्यक्ष राम खड्का,सल्लाहकार नारायण कंडेल,पत्रकार महासंघ जापानका सदस्य शान्त पहरी हानेदा एर्पोट पुगि जिसीको मृर्त शरीर नेपाल पठाएको थियो ।
जिसीको मृर्त शरीर नेपाल लान सबै खर्च हुकेन खाइस्या कम्पनीले दिएको छ ।
सडक दुर्घटनामा परेको क्षतिपुर्ती कानुनी प्रकृया पुरा गरि पहल गर्ने एनआरएनए वरिष्ठ उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उक्त क्षतिपुर्ती लिन ७ महिना लाग्छ सक्ने जनाएको छ ।
