टोकियो,१९ भदौ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अनलाईन निर्वाचन प्रकृया माथिको आरोपको निर्वाचन समितिले खण्डन गरेको छ ।
सेप्टेम्वर तीन तारिक आईतबार सम्पन्न एनआरएनए जापानको नयाँ पदाधिकारी चयनका लागि भएको निर्वाचन प्रक्रिया पूर्णत अनलाईन मार्फत भएपछि केही समस्या देखाएर पराजित भएका मध्ये केही उम्मेदवारले विभिन्न रुपमा अर्नगल प्रचार गरेको भन्दै यसको खण्डन गरिएको हो ।
एनआरएनए जापान निर्वाचन समितिका संयोजक ओम गुरुङद्धारा जारी विज्ञप्तीमा आफ्नो नाममा यति मतदान भएको प्रमाण रहेको भन्दै सामाजिक संजालमा अभिव्यक्ति दिने उम्मेदवारलाई प्रमाण सहित आउन आग्रह गरेको छ ।
पराजित भएका सदस्य पदमा केही उम्मेदवारले निर्वाचन समितिका पदाधिकारीहरुलाई फेसबुक लगायतका सामाजिक संजालमा तथानाम गाली गलौज गरेको प्रति गंभिर ध्यानाकर्षण भएको भन्दै कुनैपनि गलत कार्य नभएको र भएको प्रमाण ल्याए आधिकारीक रुपमा सवै कुरा देखाएर खुलस्त पार्न सधै तयार रहेको भनिएको छ ।
यस्तै निर्वाचन समितिले पासवर्ड लगायतका अनलाईन भोटिङका लागि आवश्यक जानकारी र पासवर्ड परिवर्तन गर्न पटक पटक संचारमाध्यमबाट सूचना जारी गर्दापनि चासो नदिएकाहरुले नै अर्नगल प्रचार गरेको दावी गरेको छ।
विज्ञप्ती




