बुधबार, असार १०, २०८३

एनआरएनए जापानको मतदानको नतिजा सार्वजनिक,को:को भए विजयी

टोकियो,१८ भदौ । नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ जापानको मतदानको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार आइतबार बिहान १० वजेर २० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेर २० मिनेटमा जादा सकिएको थियो ।

अनलाइन भोटिङमार्फत निर्वाचनमा जम्मा ७ हजार ५०३ मत खसेको थियो ।

मतदानका लागि एनआरएनए जापानको मतदानबाट २ उपाध्यक्षद्धयमा शिवप्रसाद पौडेल र सरोजकुमार खत्री, सचिवमा जनकविक्रम शाही, महिला सदस्यमा शिर्जना पाण्डे, खुल्ला सदस्यहरू हस्त लामा,नारायण खड्का, वालकृष्ण कडेल्,लालबहादुर रावल,राजन पौडेल विजयी भएका छन् ।nrna1 nrna2
नेतृत्वमा पुग्नका लागि उपाध्यक्षमा ५, सचिवमा २, महिला सदस्यमा ३ र केन्द्रीय सदस्यमा २१ जनाको उम्मेदवारी परेको थियो ।
यसअघि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ , महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिका थापा र सह कोषाध्यक्षमा रामथापा सर्बसम्मत चयन भइसकेका छन्  ।

nrna