ललितपुर,१८ भदौ । उदयपुर जिल्लाको गाउँपलिका गडी गाउ वडा नं ४ मा जन्मेका गायक तथा हाँस्यब्यङग्य कलाकार आशिक (पूर्ण राज राई) कला र गला दुवैको बहुमुखी प्रतिभा हुन् । सानै उमेर देखि कलाकारिता क्षेत्रमा सुनौलो सपना देखेका उनी वि.स.२०५१ सालदेखि यस क्षेत्रमा प्रवेश गरेका थिए । हशिलो र रसिलो मुहार , अनि चन्चले स्वभाव वाल्यकालिन छाप बोकेका उनी अहिले पनि विभिन्न कार्यक्रमहरुमा उत्तिकै दर्शकहरुलाई लोभ्याउछन् । कोरियो ग्राफर, गीत संगीत संयोजन, म्यूजिक भिडियो डाइरेक्शन , गायनसँगै विभिन्न विधा अपनाएका बहुमुखी प्रतिभाको धनी राईले आफुलाई भने विशेष गरि कोरियो ग्राफर तथा म्यूजिक भिडियो डाइरेक्टर बनेर दर्शक स्रोता माझमा चिनाउन चाहेको बताउछन् ।
