चितवन । सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त सफलतापछि पार्टीका नेता–कार्यकर्ताहरू मात्तिएको भन्दै कडा आत्मआलोचना गरेका छन्।
शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता–कार्यकर्ताको ‘भुइँमा खुट्टा नभएको’ भन्दै तत्काल सच्चिन चेतावनी दिए।
जनताले हामीलाई पत्याए, तर हाम्रो भुइँमा खुट्टा छैन। हामी मात्तिएका छौँ, टुपिएका छौँ, सभापति लामिछानेले आफ्नै नेता–कार्यकर्ताप्रति लक्षित गर्दै भने माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ कि मान्छेलाई मान्छे गनेका छैनौँ। यसरी हुँदैन, कुनै हालतमा पनि भुइँ छाड्नु हुँदैन !
विगतमा घण्टी बोकेर हिँड्दा राज्य प्रशासनबाट दुःख पाएको स्मरण गर्दै उनले अहिले चुनाव जितिसकेपछि प्रशासनलाई दबाब दिएर बदला लिने प्रयास नगर्न कडा निर्देशन दिए।

