सोमबार, बैशाख ०७, २०८३

कोबेमा एनआरएनए कान्साइको तीज कार्यक्रम सम्पन्न

जापान : एनआरएनए कान्साइले जापानको कान्साइको कोबेस्थित नादाकुमिन सेन्टरमा तीज कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालका चर्चित कलाकारहरु पूर्णकला बि.सि, रमेश राज भट्टरार्इ र सरिता गुरुङको धमाकेदार प्रस्तुती रहेको उक्त कार्यक्रम यही अगष्ट २२ तारिकका दिनमा लोक गीत संगीतको क्षेत्रमा सफलता पछ्याउँदै गरेका कलाकारहरु कुलबिर थापा, दिनेश केसी र सुशिल ज्ञवालीले आ आफ्नो प्रस्तुती राख्नु भएको थियो। महिला हरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा आफुहरुले एनआरएनए कान्साइलाई माइती सम्झेको बताउदै धन्यवाद ब्यक्त गरेका थियो। समाज सेवी तुलसिराम खरेल प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रमको सभापति एनआरएन कान्साइका संयोजक भुमिराज दवाडी रहनुभएको थियो संस्थाका उप संयोजक तथा कार्यक्रमका संयोजक कृष्ण शर्मा गैरेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कान्साइका बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका सचिव विकास पराजुली र संचारकर्मी पुरुषोत्तम लामिछानेले गर्नु भएको थियो । कार्यक्रममा एनआरएनए कान्साइले कलाकारहरुलाई खादा तथा सम्मान पत्रले सम्मान गरेको थियो ।