बुधबार, असार १०, २०८३

बाढीपिडितका लागि धादिङ समाज जापानको आर्थिक सहयोग

टोकियो,९ भदौ ।  धादिङ समाज जापानले हालसालै नेपालमा गएको बाढीपिडितको कारण बिचल्लीमा परेका परिवारको सहयोगको लागि राहत रकम पठाएको छ ।

बुधबार एक कार्यक्रमकाबिच समाजका अध्यक्ष कृष्णप्रसाद खनाल ,उपाध्यक्ष श्याम तिम्सिना ,महासचिव दिनेश लोहनी,सचिव बिमल श्रेष्ठ ,कोषाध्यक्ष राम सिंखडा र सदस्य रघु भन्डारीको संयुक्त उपस्थितीमा संस्थाद्वारा संकलित रकम एक लाख आठ हज़ार नेपाली रुपैयाँ सिनओकुबोस्थित ईजिलिन्क रेमिट्यान्सको कार्यालयबाट न्युज २४ को ख़ातामा पठाईएको हो ।
बिभिन्न समयमा देश मा बिपत् या स्वदेश बिदेशमा नेपालीलाई परेको समस्यामा सहयोगी बन्दै आएको धादिङ समाज जापानले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिईरहने संस्थाका महासचिब दिनेश लोहनीले जानकारी दिनुभयो ।