शुक्रबार, साउन २९, २०८३

कुमामोतो भूकम्प प्रभावितका लागि स्माईल्सले गर्‍यो १० लाख येन सहयोग

जापान । जापानको कुमामोतो प्रान्तमा गत जुलाई २८, २०२६ मा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट प्रभावित जापानी नागरिकको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले स्माईल्स रेमिट्यान्सले १० लाख जापानी येन सहयोग गरेको छ।

स्माईल्सले स्थानीय सरोकारवाला निकायहरूसँगको समन्वयमा उक्त सहयोग रकम प्रदान गरेको जनाएको छ। भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले यो योगदान गरिएको स्माइल्सका एशिया मेनेजर कर्मासिंह लामाले जानकारी दिनुभयो ।
स्माइल्सका अनुसार, कृत्रिम बुद्धिमत्ता तथा फिनटेकको नवप्रवर्तनकारी माध्यमबाट शान्त र दिगो विश्वव्यापी समाज निर्माण गर्ने दीर्घकालीन लक्ष्य अनुरूप मानवीय सहयोगलाई पनि प्राथमिकतामा राखिएको जनाएको छ ।

स्माइल्स परिवारले भूकम्पबाट प्रभावित कुमामोतोका सम्पूर्ण बासिन्दाप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै प्रभावित परिवारहरूको जनजीवन शीघ्र सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरेको छ।

कुमामोतोको भूकम्पबाट ३८ जनाको निधन, ११४ जना घाइते तथा हजारौँ परिवार प्रभावित भएका थिए ।

यसमा तपाईको प्रतिक्रिया