जापान । नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा आयोजित समर बार्बेक्यू तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जापानको टोकियो र चिवाको विच इचिगावा पार्कमा आइतबार समर बार्बेक्यू तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता, सहकार्य तथा नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जापानस्थित नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा नेपाली समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रवीन्द्र श्रेष्ठले प्रवासमा नेपाली कला, संस्कृति र समुदायलाई जोड्ने यस्ता कार्यक्रमले आपसी सद्भाव, एकता र सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे। उनले सामाजिक तथा सांस्कृतिक गतिविधिले विदेशमा नेपालीपनलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुषास लामिछानेले जापानमा रहेका नेपाली सामाजिक तथा राजनीतिक संगठनहरूबीच आपसी साथ, सहयोग र सहकार्य अपरिहार्य रहेको बताए। नेपाली समुदायको हित र एकताका लागि सबै संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि भूपालमान श्रेष्ठले प्रवासमा आयोजना हुने यस्ता कार्यक्रमले नेपालीहरूबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने तथा संगठनलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए। कार्यक्रमका विशेष अतिथि जनगायक जीवन शर्माले आफूलाई सम्मान गरिएकोमा खुशी व्यक्त गर्दै प्रवासमा रहेका नेपालीहरूले नेपाली कला, संस्कृति र संगीतप्रति देखाएको माया तथा सम्मानप्रति आभार व्यक्त गरे।
उनले प्रवासमा नेपाली गीत–संगीत र संस्कृतिको संरक्षणका लागि भइरहेका गतिविधि प्रशंसनीय रहेको बताए। सो अवसरमा जनगायक जीवन शर्मालाई विशेष सम्मान गरिएको थियो। साथै एनआरएनए जापानका निवर्तमान अध्यक्ष नवीन निउरे, पत्रकारहरू तिलक मल्ल, शान्त पहरी र रवीन्द्र श्रेष्ठ, सहिद परिवारका अर्जुन अमगाई, सन्तोषी अधिकारी लगायत विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले बार्बेक्यू तथा विभिन्न नेपाली परिकारको स्वाद लिँदै आपसमा शुभकामना तथा अनुभव आदानप्रदान गरेका थिए। त्यसैगरी, नेपाली सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दावा शेर्पाले गरेका थिए। कार्यक्रम सांगीतिक प्रस्तुति, बार्बेक्यू तथा आपसी भेटघाटसँगै उत्साहपूर्ण

