शनिबार, साउन २३, २०८३

सीबीको दशैं-तिहार मेगा लक्की ड्र योजना, २८ जना विजेतालाई आकर्षक उपहार

टोकियो । नेपालीहरूको महान पर्व बडादशैं, शुभदीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसर पारेर सीबी कर्पोरेशन जापान र सीबी ट्राभल एण्ड टूरले “मेगा लक्की ड्र उपहार योजना २०२६” सार्वजनिक गरेका छन्।
हरेक वर्षझैँ यस वर्ष पनि आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ल्याइएको यस योजनाअन्तर्गत जुलाई १५ देखि नोभेम्बर ३०, २०२६ सम्म CB Corporation Japan बाट iPhone, iPad, Apple Watch, MacBook तथा Laptop खरिद गर्ने वा CB Travels & Tours मार्फत नेपाल जाने वा नेपालबाट जापान आउने हवाई टिकट खरिद गर्ने ग्राहकले लक्की ड्र कुपन प्राप्त गर्नेछन्।

यस मेगा लक्की ड्रमार्फत कुल २८ जना भाग्यशाली विजेताले आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।

पुरस्कारहरू
प्रथम पुरस्कार : MacBook Air M2 – १ जना
दोस्रो पुरस्कार : iPhone 13 Pro Max – १ जना
तेस्रो पुरस्कार : AirPods Pro 3 – १ जना
चौथो पुरस्कार : iPad (8th Generation) – १ जना
Apple Smart Watch – १० जना
Smart Watch वा Bluetooth Headset – १० जना
काठमाडौं–घरेलु गन्तव्य हवाई टिकट – २ जना
सौराहा Couple Tour Package – १ जोडी

कम्पनीका अनुसार यो योजना किनमेल र यात्रासँगै आकर्षक उपहार जित्ने उत्कृष्ट अवसर हो। सीमित अवधिका लागि सञ्चालन हुने भएकाले आवश्यक इलेक्ट्रोनिक सामग्री खरिद गर्न वा नेपाल–जापान हवाई टिकट बुक गरी लक्की ड्र कुपन प्राप्त गर्न सबैलाई आग्रह गरिएको छ।

सीबी करपोरेशन जापानले जापानभरि मोबाईल तथा जापानबाट नेपालसम्म उपहार पठाउने सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।

यसमा तपाईको प्रतिक्रिया