टोकियो,७ भदौ । नेपाली बहुप्रतिभाशाली गायक रमेशराज भट्टराईले आज योकोहामा ववाल गरेका छन् ।
आज बुधवार जापानको राजधानी नजिकको शहर योकोहोमास्थित कानागावा क्षेत्रमा रहेका नेपालीहरूलाई लक्षित गरेर आयोजित तीज उत्सवमा गायक रमेशराजले नेपाली तिज गित सहित उनकै आधुनिक गित ववाल ,पागल बनाएर गयौ लगाएतको गितले सहभागि दर्शकहरुलाई नचाएर ववाल गराएका थिए । गायक रमेशराजसहित स्थानीय कलाकार युवराज आचार्य र अमित सापकोटा आएर मनोरंजन दिएका थिए ।
आज अगष्ट २३ तारिख कानागावा नेपाली कम्यूनिटी जापानले आयोजना गरेको नेपाली नारीहरुको महान पर्व तीजको कार्यक्रम हुने भएको हो ।
योकोहामा स्टेशन नजिक रहेको योकोहामा एक् हलमा हुने तीज उत्सव भब्य रुपमा सम्पन्न भएको थियो ।
उक्त तीज उत्सवमा कार्यक्रम संयोजक दिप्ती भण्डारी गरि प्रमुख अतिथि पुर्व एनआरएन सदस्य सबिता श्रेष्ठ ,बिशेष अथिती हरि सापकोटा,अथिती ओएनएफ जापान अध्यक्ष महेन्द्र श्रेष्ठ, कानागावा कमिटी सल्लाहकार देबीलाल भण्डारी ,जिज्ञान थापा ,नारायण कँडेल,प्रकाश पौडेल ,नवराज घिमिरे ,ईश्वरी कँडेल,रामेछाप समाज अध्यक्ष उत्तम श्रेष्ठ,म नेपाली ग्रुपकी अध्यक्ष स्मृति आचार्य ,कास्की पोखरा समाज अध्यक्ष शिबप्रसाद पौडेल लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।










