सोमबार, बैशाख ०७, २०८३

बहुप्रतिभाशाली गायक रमेशराजले आज योकोहामा तताउने

टोकियो,७ भदौ : नेपाली श्रोता दर्शकले रुचाएका बहुप्रतिभाशाली गायक रमेशराज भट्टराई लगाएतले आज बुधवार योकोहामा तताउने भएका छन ।
जापानको राजधानी नजिकको शहर योकोहोमास्थित कानागावा क्षेत्रमा रहेका नेपालीहरूलाई लक्षित गरेर आयोजित तीज उत्सव गायक रमेशराज सहित स्थानीय कलाकार युवराज आचार्य र अमित सापकोटा आएर मनोरंजन दिने भएको छन ।
आज अगष्ट २३ तारिख कानागावा नेपाली कम्यूनिटी जापानले आयोजना गरेको नेपाली नारीहरुको महान पर्व तीजको कार्यक्रम हुने भएको हो ।
योकोहामा स्टेशन नजिक रहेको योकोहामा सी कानागावा कु चुरुया चो २-१०-१ (७ तला) हलमा हुने तीज उत्सवको तयारी पूरा भएको संस्थाका अध्यक्ष हरि सापकोटाले बताउनु भयो । विशेष गरी नेपाली महिलाहरु सहभागी गराएर र नेपाली संस्कृतिलाई जोगाइ राख्न उक्त तीज कार्यक्रम गर्न लागेको संस्थाले जनाएको छ ।