टोकियो । तमु अर्थात्स गुरुंग समुदायको संस्था तमु धिं जापानले आयोजना गर्न लागेको ‘२८औँ रोधी साँझ–२०२६’ को तयारी तीव्र बनाएको छ ।
आगामी ९ अगस्ट २०२६ (आइतबार) टोकियोको Warp Club Shinjuku मा आयोजना हुने कार्यक्रममा चर्चित गायक निमा रुम्बा एन्ड ब्याण्डले विशेष लाइभ प्रस्तुति दिने तमु धीं जापानका अध्यक्ष अमर गुरुंगले जानकारी दिनुभयो ।
तमु धीं जापानले गुरुंग समुदायको कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको रोधी साँझ जापानस्थित नेपाली समुदायको लोकप्रिय सांस्कृतिक कार्यक्रममध्ये एक मानिन्छ।
कार्यक्रम दिउँसो ४:३० बजेदेखि सांगीतिक प्रस्तुति सुरु हुनेछ। कार्यक्रम ७:३० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। टिकट दर अग्रिम ४,००० येन, सामान्य ५,००० येन तथा भिआइपी १०,००० येन निर्धारण गरिएको छ। सामान्य र भिआइपी टिकटमा एकवटा निःशुल्क पेय पदार्थको व्यवस्था रहेको छ।
जापानमा रहेका सम्पूर्ण नेपाली तथा संगीतप्रेमीलाई समयमै टिकट खरिद गरी कार्यक्रममा सहभागी हुन आयोजक संस्था तमु धींले अनुरोध गरेको छ।

