टोकियो । हिन्दु महिलाहरुको महान पर्व तीजको आगमनसँगै नवलपुर समाज जापानले पहिलोपटक तीज कार्यक्रम धुमधामसँग सम्पन्न गरेको छ । टोकियोको चौतारी दोहोरी साँझमा भएको कार्यक्रममा एनआरएन जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी लगायतका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । समाजको सचिव चन्द्र गुरुङको सन्चालन रहेको कार्यक्रम विशुद्द नाचगान र संगितमय भएको थियो ।
नवलपरासी जिल्लाका नवलपुरवासीहरुको दु:ख सुख विसाउने हेतुले स्थापना गरिएको समाजको पहिलो कार्यक्रम धेरै सभ्य र भव्य ढंगले सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै नारीको चाड भएकोले सम्पुर्ण नारीहरुलाई निशुल्क “दर खुवाउने” कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष केशव पौडेल वताउनु भयो ।
