शनिबार, असार २०, २०८३

अतित लामाको डेब्यु गीत`काभ्रेली सम्धीको पारा´को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । International Film Academy को प्रस्तुतिमा निर्मित बहुप्रतीक्षित धमाकेदार गीत “काभ्रेली सम्धीको पारा..” सार्वजनिक भएको छ ।

Mr. Tamang 2024 को उपाधि विजेता तथा बहुप्रतिभाशाली नवोदित कलाकार अतित लामाको अभिनय क्षेत्रमा औपचारिक डेब्यु प्रस्तुत गरिएको उक्त गीत  शुक्रबार प्रेसमिट गरी सार्वजनिक गरिएको हो ।

गीतमा लोकप्रिय कलाकार याङ्गी डोङको आकर्षक अभिनय रहेको छ भने चर्चित कलाकार तथा तामाङ सिने जगतका महानायक आमिर डोङले आफ्नो विशेष भूमिका निर्वाह गरेका  छन्।

यस गीतको निर्देशन तथा कोरियोग्राफी आयुष मोक्तानले गरेका छन् भने छायांकन तथा सम्पादन नवीन श्रेष्ठ र कुशल बाखातीले गरेका छन्। त्यसैगरी क्यामेरा तथा ड्रोन सिमोन भारती र आरोग्य राज बाखातीद्वारा गरिएको छ।

गीतमा कार्साङ लामा र सुमिना ल्होको सुमधुर स्वर रहेक गीतमा  शब्द भने सूर्य लामाकाे रहेकाे छ । यस्तै, संगीत तथा संगीत संयोजन आर.बी. लामाले गरेका छन् । सम्पूर्ण गीतको संयोजन भने अतित लामाले नै गरेका छन् ।

उक्त गीतकाे आधिकारिक म्युजिक भिडियो तामाङ सुपर स्टार डम्फु मिडिया युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया