सोमबार, जेठ २५, २०८३

बाढीपीडित सहयोगार्थ एनआरएनए जापानको तीज फेष्टिवल हुने

टोकियो,६ भदौ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर टोकियोमा आयोजना गर्न लागिएको तीज फेष्टिवलको तयारी पुरा भएको छ।

बिहीबार टोकियो मेगुरो कुमिन सेन्टरमा हुने तीज फेष्टिवलका लागि चर्चित कलाकारहरु टोकियो आईपुगेको कार्यक्रम संयोजक सविता श्रेष्ठले जानकारी दिनुभयो। गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा हुन लागेको कार्यक्रममा गायकद्धय पूर्णकला विसी र रमेशराज भट्टराईले सहभागिहरुलाई भरपुर मनोरंजन दिलाउने छन।

टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा बिहीबार अपरान्ह चार बजेबाट कार्यक्रम सुरु हुने छ। कार्यक्रमको मुनाफा तराईका बाढी पीडितहरुका लागि सहयोग गरिने बताईएको छ।