सोमबार, जेठ २५, २०८३

टोकियोमा तीज गीत प्रतियोगिता सम्पन्न

टोकियो,सन्तोष चोखाल – जापानको टोकियोमा पहिलो पटक तीज गीत प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । हिजो टोकियोमा सम्पन्न प्रतियोगीतामा ६ महिलादिदीबहिनीहरूको समूहको सहभागिता रहेको थियो ।

जसमध्य गल्कोट समाज जापान र टोकियो रोधी क्लव प्रथम , गोरखा समाज जापान र देउराली समूह जापान दोस्रो भयका थिय । प्रतियोगितामा मोना जापान र वेए ग्रुप गरि ६ टीमको अत्यन्तै राम्रो प्रस्तुति रहेको थियो । जापानमा रहेका चर्चित कलाकारको अग्रसरतामा यूनिक मल्टीमीडियाले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको निर्णायकमा गायक रामकृष्ण बम मल्ल , पत्रकार तिलक मल्ल र गायिका लालमती थापा रहेका थिए । दुर्गा बहादूर खत्रीले कार्यक्रम संयोजक गरेका थिए भने सन्तोष चोखालले कार्यक्रम संचालन गरेका थिए । जापानका लागी पर्यटन प्रतिनिधि अनुज थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयको थियो । कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष नर बहादुर थापा , मोना जापानका अध्यक्ष महेन्द्र बानियाँ , म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम टोकियो रोधी क्लवको सभाहलमा सम्पन्न भयको थियो । कार्यक्रममा गायक सूर्य खड़का , गायक समुन्द्रराज पौडेल लगायतले आफ्नो प्रस्तुति दिदै कार्यक्रमलाई थप रमाइलो बनायका थिए ।