टोकियो,४ भदौ । जापानको राजधानी नजिकको शहर योकोहोमास्थित कानागावा क्षेत्रमा रहेका नेपालीहरूलाई लक्षित गरेर तीज उत्सव हुने भएको छ ।
अगष्ट २३ तारिख कानागावा नेपाली कम्यूनिटी जापानले आयोजना गरेको नेपाली नारीहरुको महान पर्व तीज हुने भएको हो ।
योकोहामा स्टेशन नजिक रहेको योकोहामा सी कानागावा कु चुरुया चो २-१०-१ (७ तला) हलमा हुने तीज उत्सवको तयारी पूरा भएको संस्थाका अध्यक्ष हरि सापकोटाले बताउनु भयो । विशेष गरी नेपाली महिलाहरु सहभागी गराएर र नेपाली संस्कृतिलाई जोगाइ राख्न उक्त तीज कार्यक्रम गर्न लागेको संस्थाले जनाएको छ ।
संगठित रूपमा रहेको कानागावावासी नेपालीहरूलाइ अझ एकिक्रित गर्ने उद्देश्यले आयोजना गरेको सो उत्सवमा स्थानीय कलाकारको प्रस्तुति र दर खाने कार्यक्रम रहेको संस्थाका अध्यक्ष सापकोटाले मातृ सन्देश डट कमलाई जानकारी दिनुभयो ।
