Krish P International Event management Pvt. Ltd काे आयाेजना र PayPal Budhathoki काे अध्यक्षतामा रहेको Miss & Mrs. Kohinoor Nepal 2026 काे पहिलो अडिसन Cityscape garden Grill पुतलीसडक काठमाडौंमा शनिबार सम्पन्न भएको छ ।
महिला दिदिबहिनीहरुकाे व्यक्तित्व विकास तथा सामाजिक दक्षतामा टेवा पुर्याउने उदेश्यका साथ आयाेजना गरिएको कार्यक्रममा करिब एक दर्जन बढीले अडिशन दिएका थिए ।
अडिशनमा जज एवम् निर्णायक सदस्यहरुमा नेपाली चलचित्रकी नायिका मान्सी शर्मा, कराँते राष्ट्रिय रेफ्रि, लेखक तथा इभेन्ट हाेस्ट करण तामाङ, इन्टरनेशनल कस्मेटिकलाेजिस्ट मन्दिरा खड्का हायु, सिनियर ब्युटिसियन कुसुम ओली, र समाजसेवी तथा व्यवसायी सीता लामा गुरुङ रहनु भएको थियोे । अडिशनमा कलाकार अर्जुन कार्की, राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश महासचिव दिनेश तामाङ, राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्ला निवर्तमान बरिस्ठ उपाध्यक्ष तथा गायक कुमार लामा, सञ्चारकर्मी सुनिता लामा, लगायतको विशेष उपस्थिति रहेको थियोे ।
अडिशनमा छनाैट भए पछि ट्रेनिङ सेसनमा सहभागी रहन पाउने साथै ट्यालेन्ट राउन्ड हुँदै फाइनलसम्म यात्रा तय गर्ने कार्यक्रमकाे नियम रहेकाे र उक्त नियम अनुसार अगाडि बढ्ने आयाेजकले बताउनुभएको छ ।

