टोकियो । स्याङ्जा समाज जापानले आयोजना गरेको बीबीक्यू पार्टी २०२६ तयारी पुरा भएको छ ।
जापानमा रहेका स्याङ्जाली नेपालीहरूबीच आपसी भाइचारा, एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित स्याङ्जा समाज जापानले आयोजना गरेको बृहत् वनभोज कार्यक्रम २०२६ (Summer BBQ Party) को सम्पूर्ण तयारी पुरा भएको हो ।
समाजले हरेक बर्षजसो आयोजना गर्दै आएको बनभोज कार्यक्रमको आवश्यक तयारी पुरा भएको अध्यक्ष वेद कार्कीले जानकारी दिए ।
कार्यक्रम मे १७, २०२६ आइतबारका दिन आयोजना हुँदैछ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रम इचिकावा क्षेत्रमा रहेको साकुरा सुत्सुमी पार्कमा हुने जनाइएको छ ।
स्याङ्जा समाज जापानले विगतदेखि नै जापानमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउने, आपसी सद्भाव बढाउने तथा राहत कोष सहयोगार्थ विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै वनभोज कार्यक्रम गर्न लागिएको समाजका महासचिव सागर मणि न्यौपानेले बताए।
कार्यक्रममा पारिवारिक वातावरणमा खानपिन, मनोरञ्जनात्मक गतिविधि तथा आपसी परिचय आदानप्रदानको अवसर रहने अपेक्षा सहित कार्यक्रम सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सबैको उपस्थितिको लागि स्याङ्जा समाज जापानले अनुरोध गरेको छ।

