सोमबार, बैशाख ०७, २०८३

तमु धिं जापानको २१ औं रोधी साँझ टोकियोमा सम्पन्न

टोकियो,३२ साउन । तमु धिं जापानले हरेक वर्ष गर्दै आएको रोधी साँझ भब्यताका साथ सम्पन्न गरेको छ । टोकियो शिनओकुबु स्थित जापान सांस्कृतिक प्रतिष्ठानको हलमा अगस्ट १५ तारिकका दिन रोधी साँझ सम्पन्न गरेको हो ।

नेपालबाट जापान आई बसोबास गर्ने सम्पूर्ण तमुहरुबीचको एकता र सद्भाव कायम राख्न यस्तो जमघट गर्ने परम्परा अनुरुप नै यो कार्यक्रम आयोजना गरिएको तमु धिंका अध्यक्ष श्री भक्त गुरुङले जानकारी दिनुभयो ।

 

सो कार्यक्रममा संस्थाका सल्लाहकार ओम गुरुङ, अध्यक्ष श्रीभक्त गुरुङ, सदस्य ईश्वरगुरुङ,  ङकास्की पोखरा समाजका शिव पौडेल एनआरएनए आइसिसी सदस्य दिनेश गुरुङ लगायतको उपस्थिती रहेको थियो । taamu