जापान । नेपाल तामाङ समाज जापान कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा राज थिङ तामाङ सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका छन्।
नेपाल तामाङ समाज जापानको केन्द्रिय वरिष्ठ उपाध्यक्ष गिरबहादुर धिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्दै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत विभिन्न पदहरूमा पदाधिकारी तथा सदस्यहरू चयन गरेको छ। नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै आगामी कार्यकाल सफल, प्रभावकारी र समाजलाई थप एकताबद्ध बनाउँदै नयाँ उचाइमा पुर्याउने वरिष्ठ उपाध्यक्ष एवंं प्रमुख अतिथी गिरबहादुर धिसिङले विश्वास व्यक्त गरे।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सरीना लामा, सन्देश लामा र सम्झना घिसिङ चयन भएका छन् भने सचिवमा असल मोक्तान र सह–सचिवमा अञ्जली लामा चयन भएका छन्। यसैगरी, कोषाध्यक्षमा अभिनाश लामा र सह–कोषाध्यक्षमा युइशा लामा रहेका छन्।
सांस्कृतिक संयोजकमा सानु वाइबा तथा सह–संयोजकमा अस्मिता लोप्चन चयन भएका छन्। सदस्यहरूमा जगत मोक्तान, दिल तामाङ, विजय तामाङ, करण घिसिङ, सागर मोक्तान, देविका थिङ, साजन डोङ, विवेक लामा, मनिषा लामा, मंगल वाइबा, सरु लामा, रजनी वाइबा, टिका लामा, निशा योञ्जन, अञ्जित लामा, शारदा लामा, सजिना लामा, अपिला तामाङ, सबिन रुम्बा, सुस्मा लामा, असिम लामा, प्रितम जिम्बा, धावा लामा, सुरज लामा, पासाङ लामा, मनीष लामा, प्रमिला ब्लोन र विजय लामा चयन भएका छन्।
यसैगरी, सल्लाहकारहरूमा अमर लामा, प्रितम गोले, लाक्पा दोङ, आशिष लामा र राजन लामा चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष राज थिङ तामाङले आफ्नो कार्यकालमा समुदायको एकता, सांस्कृतिक संरक्षण र सामाजिक गतिविधिलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाजका सदस्यहरूले नयाँ कार्यसमितिले कान्साई क्षेत्रमा रहेका नेपाली तामाङ समुदायलाई संगठित गर्दै उल्लेखनीय काम गर्ने अपेक्षा गरेका छन्।

