टोकियो,३२ साउन । युवापुस्ताहरुको वास्तविक जिवनमा आधारित ‘भन्छौ अरे यो त पागल’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
पहिला त भन्छन् सबैजना माया माया जब धनको अगाडि परिन्छ, तब त्यहि मायालाई लत्याउछन् ।
रामेछापमा जन्मिएकी स्रष्टा स्मृति मोक्तान हाल जापानमा रहे तापनि ४ वटा गीत बजारमा ल्याईसकेकी छन् । उनको ४ वटा गीत मध्ये २ वटा भिडियो युट्युबमार्फत सार्वजनिक भइसकेको छ भने बाँकी आउने तयारीमा छन् ।
स्मृतिद्धारा रचित यस गीतमा पवन वाङ लामाको एरेन्ज रहेको छ । चर्चित गायक प्रमोद खरेलले स्वर दिएको छ भने संगीतकार टीका बम्जनले संगीत भरेका छन् । पासाङ योन्जन लामाको निर्देशनमा तयार भएको भिडियोमा चर्चित मोडलद्धय नायिका बर्षा राउत र अनुप योन्जनले अभिनय गरेका छन् । प्रविन श्रेष्ठले भिडियोको सम्पादन र ज्ञानेन्द्र शर्माले क्यामरामा साथ दिएका छन् ।
यो गितसहित दुई वटा वजारमा पठाएको मोक्तानले गित संगित र साहित्य मनहरुलाई मन पराउदै अन्य कृति धेरै छन् बिस्तारै बजारमा ल्याउने सष्टा सर्जक स्मृति मोक्तानले बताईन ।
