काठमाडौं । डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुतिमा निर्मित लभ स्टाेरी गीत “तिम्रो प्यारमा” सार्वजनिक भएको छ ।
नयाँ वर्ष २०८३ सालकाे शुभकामनासहित यस वर्षकाे पहिलाे गीत `तिम्रो प्यारमा´ डिजिटल डिएस नामक युट्युब च्यानलमार्फत दर्शक -श्राेतामाझ आएकाे हाे ।
गीतकार डाक्टर शाहको प्रेमील शब्द रहेकाे गीतमा सुरज गुप्ताकाे सुमधुर स्वर रहेकाे छ भने संगीत नरहरी प्रेमीकाे रहेकाे छ । रोमाण्टिक भर्सनको यस गीतमा एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई देखाइएको छ।
प्रेमभाव बोल्ने गीतको भिडियोमा मित्र कर्मकार र रेजिना ताजपुरियाकाे मुख्य अभिनय रहकाे छ ।उक्त गीतको भिडियाेलाई कर्मकारले नै निर्देशन गरेका हुन् ।यसैगरी भिडियोमा कलाकारहरु प्रिन्शु ताजपुरिया ,नादिया राजबंशी,कृशला ताजपुरिया र मलाईका ताजपुरियाकाे पनि अभिनय देख्न सकिन्छ ।
यस्तै, हारमोनिक स्टुडियोमा रेकर्ड गरिएको गीतकाे ऐरेन्जर सन्तोष प्रगाधले गरेका छन् । प्रतिभाहरूलाई उजागर गर्ने मुख्य उदेश्यको साथ नेपाली गीत संगीतमा थौरै भए पनि सहयोग गर्ने उद्देश्यले आफुले गीत संगीतमा रुचि राखेकाे सामाजिक अभियान्ता एवं कलाकार डाक्टर शाह बताउँछन् ।
कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आउनुभएका डाक्टर शाहले यो सांगीतिक प्रस्तुतिले नेपाली गीत–संगीत क्षेत्रमा विशेषस्थान बनाउने विश्वास व्यक्त गरेका छन् ।
आफ्नो नयाँ गीतले युवा पुस्तादेखि वृद्धवृद्धासम्मको मन जित्नेमा आशावादी देखिन्छन् । आगामी दिनहरुमा अझै स्तरिय सिर्जना सार्वजनिक गर्दै जाने बताउँदै डाक्टर शाहले आफ्नो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

