बुधबार, बैशाख ०२, २०८३

डा.शाहकाे लभ स्टाेरी गीत”तिम्रो प्यारमा”नयाँ वर्षको दिन रिलिज हुने

काठमाडौं । डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुतिमा निर्मित लभ स्टाेरी गीत “तिम्रो प्यारमा” नयाँ वर्षको दिन रिलिज हुने भएको छ ।

नयाँ वर्ष २०८३ सालकाे शुभकामनासहित बजारमा आउन लागेकाे उक्त गीत २०८३ बैशाख १ गते बिहान ५ बजे डिजिटल डिएस नामक युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ ।

गीतकार डाक्टर शाहको प्रेमील शब्द रहेकाे गीतमा संगीत नरहरी प्रेमीकाे रहेकाे छ । रोमाण्टिक भर्सनको यस गीतमा एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई देखाइएको छ।

यस्तै, हारमोनिक स्टुडियोमा रेकर्ड गरिएको गीतकाे ऐरेन्जर सन्तोष प्रगाधले गरेका छन्  । प्रतिभाहरूलाई उजागर गर्ने मुख्य उदेश्यको साथ नेपाली गीत संगीतमा थौरै भए पनि सहयोग गर्ने उद्देश्यले आफुले गीत संगीतमा रुचि राखेका् सामाजिक अभियान्ता एवं कलाकार डाक्टर शाह बताउँछन् ।

भिडियोमा कलाकारहरु मित्र कर्मकार ,रेजिना ताजपुरिया,प्रिन्शु ताजपुरिया ,नादिया राजबंशी,कृशला ताजपुरिया र मलाईका ताजपुरियाकाे अभिनय देख्न सकिन्छ  ।

यसमा तपाईको प्रतिक्रिया