काठमाडौं । गायक शिव गौतम र गायिका मुना निरौलाको नयाँ गीत “अब त केही गरिदेउ सरकार” सार्वजनिक भएको छ।
देशको वर्तमान राजनीतिक परिवेश र जनताको अपेक्षा उजागर गर्ने उक्त गीत पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । परिवर्तनको प्रतीक्षा गरिरहेको जनताको जनताको पीडा र आशामा आवाज बन्न सफल गीतमा Aaga Lama र Aliza Bardewa समेत स्वर रहेको छ ।
यो यस्तो गीत हो, जुन नेपालका थुप्रै परिवर्तनको साक्षी बनेको छ । यसमा प्रयोग भएका शब्दहरू सरल छन् तर जोडदार । भाका सहज छ तर शक्तिशाली छ । समयको संवेदनशील मोडमा जन्मिएको यस गीत मनोरञ्जन होइन, जनभावनाको प्रतिबिम्ब बनेर उभिएको छ।
गत भदौ २३ र २४ को आन्दोलनमा वीर युवाहरूले गुमाएको बलिदानलाई सम्झँदै, गीतले पीडा, आशा र परिवर्तनको आवाजलाई एकसाथ उजागर गरेको छ।
नयाँ नेतृत्वसहितको सरकारप्रति जनताको अपेक्षा—देशमै उद्यमशीलताको विकास, बन्द भएका कलकारखानाको पुनः सञ्चालन, निःशुल्क शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारको सुनिश्चितता—यी सबै विषयलाई गीतका शब्दहरूले मार्मिक रूपमा समेटेका छन्।
“अब त केही गरिदेउ सरकार”—एक गीत मात्र होइन, परिवर्तनको प्रतीक्षा गरिरहेको जनताको आवाज हो।शिवराज गौतमको निर्देशनमा तयार भएको गीतमा केशव जोशीको शब्द रहेको छ । देवराज आचार्यको छायाङ्कन रहेको उक्त गीतको पदम सुवेदीले गरेका छन ।

