जापान : चितवन समाज जापानको दोस्रो केन्द्रीय अधिवेशन सम्पन्न भयको छ । दोश्रो केन्द्रीय अधिवेशनले राजन कुमार श्रेस्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा २१ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।
शनिबार टोकियो स्थित नमस्ते गीतगजल रेष्टुरेन्टको सभाहलमा भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा अर्जुन अधिकारी उपाध्यक्षद्धयमा दीपक गौतम र ईश्वरी कँडेल चयन भएका छन। यस्तै समाजको महासचिवमा हरिचन्द्र पौडेल, सचिवमा सन्तोष चोखाल,सतिस भट्टराई र समर्पण गदेल चयन भएका छन । त्यसैगरि टंकनाथ गैरे कोषाध्यक्षमा चयन हुदाँ सहकोषध्यक्षमा नारायण कँडेल सर्वसम्मत भएका छन । यसैगरि सदस्यहरुमा राम थापा अनिल, नारायण अधिकारी, शरद गुरुङ, गान्धीप कुमार पाठक, सौगात गुरुङ, कमला गैरे, उत्तम पण्डित, विकाश सुबेदी, बिमल कंडेल र विशाल बर्तौला चयन भएका छन। एक जना पछी मनोनीत गरिने समाजले जनायको छ । बन्द सत्र र घोषणा सभा गरि कार्यक्रम दुई चरणमा सम्पन्न भयको थियो । घोषणा सभाको सभापतित्व निवर्तमान अध्यक्ष सरोज कंडेलले गर्नु भयको थियो । त्यसैगरि प्रमुख आतिथ्यता गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले गर्नु भयको थियो ।
कार्यक्रम संयोजक अर्जुन अधिकारीले स्वागत मंतव्य राख़्नु भयको कार्यक्रममा निवर्तमान महासचिव छविलाल सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो भने निवर्तमान कोषाध्यक्ष हरिचन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष प्रतिनिधिहरू , राजनीतिक दलका भातृ संघसंगठनका प्रतिनिधिहरू लगायत चितवनवासीहरूको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रम सन्तोष चोखालले संचालन गर्नु भयको थियो ।
